Job

Job
JOB

ओमकार ईन्टरनेशनल

ओमकार ईन्टरनेशनल
हाम्रो बारेमा

हाल नेपालको समस्याको जडको रुपमा रहेको बेरोजगारी तथा स्वास्थ्यलाई नेपालमै उपलब्ध भएका साधन तथा श्रोतको समुचित ढंगले प्रयोग गरि उक्त समस्याको निराकरण गर्ने दृढ अठोटका साथ केहि उत्साहि नेपाली युवाहरुको समुहले ओमकार इन्टरनेशनल संचालन गरेका छन्।

यस कम्पनीले विषेश गरी नेपालमा उपलब्ध विभिन्न जडिबुटिजन्य वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उचित बजार व्यवस्थापन गरी समृद्ध नेपालको परिकल्पना गरेका छन्। यस कार्यको लागि विशेष गरी बेरोजगारी युवालाई विभिन्न प्रकारका सूचना प्रविधिका साथै बजार व्यवस्थापनको आधारभुत तालीम दिई दक्ष जनशक्ति तयार गरी प्रत्यक्ष रुपमा स्वास्थ्य सम्बन्धी उपयोगी वस्तुहरु सबै वर्ग तथा तहका मानिसलाई सहज सुलभ रुपले उपलब्ध गराउँदै आईरहेको छ।

यसरी देश विकासको मेरुदण्डको रुपमा रहेको युवा वर्गहरु लाई थप दक्ष बनाई अत्याधिक रुपमा रोजगार दिएर देशको आर्थिक, स्वास्थ्य, संञ्चार, सामाजिक लगायत क्षेत्रहरुमा विशेष योगदानको साथ विशुद्ध देश विकासको भावनाको साथ अगाडी बढिरहेका छौं। साथै प्रत्येक सच्चा देश भक्त नेपालीले यस पवित्र कार्यमा साथ दिनु हुनेछ भनी आशा तथा विश्वास लिएको छौ।

कम्पनीको भिजन:

सूचना प्रविधिको अधिकतम प्रयोगद्धारा देशमा उत्पादित जडिबुटिहरुलाई सहि सदुपयोग गरी हाल बढ्दो बेरोजारी समस्यालाई समेत निराकरण गरी सवल नेपाल निमार्ण गर्नु, गराउनु।

कम्पनीको मिसन:
देशमा खेर गहिरहेको अमृत समान जडिबुटिजन्य वस्तुलाई सूचना प्रविधिको माध्यमद्धारा जनचेतना जागरण गराई नेटवर्क मार्केटिङ्ग पद्धतिद्धारा बस्तुलाई देश विदेशमा विक्रि वितरण गरी स्वस्थ्य तथा सबल नेपाल निर्माणको नविन कार्यमा अग्रसर गर्नु गराउनु।